जीविकोपार्जनका लागि २७ दलित परिवारलाई बाख्रा वितरण

जीविकोपार्जनका लागि २७ दलित परिवारलाई बाख्रा वितरण


भिजन समाचार
795
Shares

ओखलढुगाको मोलुङ गाउँपालिका–१ का दलित समुदायलाई वडाले उन्नत जातका बाख्राको पाठा वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को दलित समुदाय उत्थान शिर्षक अन्तरर्गत विनियोजित एक लाख बजेट बाट वडाका २७ जना दलित परिवारलाई बाख्राको पाठा वितरण गरिएको हो ।
आइतबार गाउँपालिका अध्यक्ष उत्तम राई र वडा अध्यक्ष कमल बानियाले पाठा हस्तान्तरण गरेको वडा सचिव कमल धमलाले जानकारी दिए । बाख्राका पाठा वितरण गर्दै गाउँपालिका अध्यक्ष राईले किसानको आयाआर्जन वृद्धिका लागि कृषि र पशुपालनमा गाउँपालिकाले जोड दिएको बताएका छन् ।
वडा अध्यक्ष बानियाले पनि दलित समुदायलाई आय आर्जनमा जोड्ने उद्देश्यले उन्नत जातका बाख्राका पाठा वितरण गरिएको बताए । यस अघि वडाका दलित समुदायलाई जीविकोपार्जन उत्थानका लागि सँुगुरको पाठा पनि वितरण गरिएको वडा सचिव धमलाले जानकारी दिएका छन् ।