ओखलढुंगामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीहरुलाई पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । तालिम दुई दिन सम्म सञ्चालन हुने स्वास्थ्य बीमा ओखलढुंगाका प्रमुख सुदिप कार्कीले बताए ।
स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश शाखा कार्यालय मोरङको आयोजनामा जिल्लाका आठ वटै स्थानिय तहका सम्पुर्ण वडामा कार्यरत दर्ता सहयोगीहरुका लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको प्रमुख कार्कीको भनाई छ । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले विपन्न नागरिकका लागि स्वास्थ्य बीमा अति आवश्यक र प्रभावकारी रहेको बताएका छन् ।
तालिममा सहभागीहरुलाई बीमा दर्ता फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु, एप सञ्चालन साथै योगदान रकम संकलनका बारेमा प्रशिक्षण दिईने स्वास्थ्य बीमा बोर्ड प्रदेश संयोजक एवम् प्रशिक्षक अर्जुन पण्डीतले बताए । तालिममा जिल्लाका ७५ वटा वडा मध्ये अधिकांश वडामा कार्यरत दर्ता सहयोगीहरु सहभागी भएका छन् ।
प्रतिक्रिया