पर्यटकीय हबका रुपमा विकास भईरहेको ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा जिल्लाकै पहिलो जिपलाइन निर्माण सम्पन्न भएकाे छ । देशकै सबैभन्दा अग्लो बुद्धको पुर्ण कदको मुर्ति निर्माण भएको केत्तुकेमा अर्को महत्वपुर्ण पर्यटकीय पुर्वाधार साहसिक खेल मानिने जिपलाइन निर्माण भएको हो ।
केत्तुके बजार नजिकै बुद्ध पार्क देखी सिरान टोल सम्म ४५० मिटर लामो जिपलाइन निर्माण गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताए । ओखलढुङ्गाको मात्र नभएर आस पासका जिल्लाहरुमै पहिलो यहाँ पर्यटकीय पुर्वाधारका रुपमा जिपलाइन निर्माण गरिएको वडा अध्यक्ष तामाङको भनाई छ ।
४५ लाख लागतमा ठेक्का मार्फत जिपलाइन निर्माण गरिएको हाे । जेठ १० गते बुधबार बुद्ध जयन्तीको अवसरमा उक्त जिपलाइनकाे उद्घाटन गरिने वडा अध्यक्ष तामाङले जानकारी दिए ।
साहसिक खेल जिप लाइन सञ्चालनमा आएसँगै पर्यटन मार्फत मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेको विकास हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
प्रतिक्रिया