खिजिदेम्बा गाउँपालिकामा आमा बुबाको महत्त्व शिर्षकमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । माता तिर्थ अौशीकाे अवसरमा खिजिदेम्बा गाउँपालिकाकाे आर्थिक सहयाेगमा लिखुदेम्बा सामुदायिक विकास मञ्चकाे आयाेजनामा प्रतियोगिता सम्पन्न गरिएकाे हाे ।
प्रतियोगितामा गाउँपालिकाका ७ वटा माध्यामिक तहका विद्यालयका १३ जना विद्यार्थीकाे सहभागीता रहेकाे आयाेजक लिखुदेम्बा सामुदायिक विकास मञ्चका अध्यक्ष कमल कृष्ण तामाङले बताए । सहभागी प्रतिस्पर्धी मध्ये हिमगंगा माध्यमिक विद्यालयका मन्दीरा खड्का प्रथम, चण्डेश्वरी माद्यामिक विद्यालयका जेहाना मगर दाेश्राे, फूलमती माद्यामिक विद्यालयका सन्जु तामाङ तेश्राे र मनाेज तामाङले सान्त्वना स्थान हासिल गरेकाे अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगितामा पहिलाे, दाेश्राे, तेश्राे र सान्त्वना भएका प्रतिस्पर्धी विद्यार्थीलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएकाे छ । प्रतियोगितामा सहभागी सबैलाई नगद एक हजार सहित प्रमाण पत्र प्रदान गरिएको आयाेजक संस्थाकाे कार्यक्रम संयाेजक छत्र बस्नेतले जानकारी दिए ।
खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विभिन्न धर्म गुरुहरुले आमा बुबाको महत्त्व बारे प्रवचन दिएका थिए ।
गाउँपालिका अध्यक्ष शेर्पा लगायत अतिथिहरु गाउँपालिका सल्लाहकार समाजसेवी, जेभी फाउन्डेसनका अध्यक्ष प्रा.डा. जगदिश वैद्य, गाउँपालिका उपाध्यक्ष सुशीला तामाङ लगायतका बक्ताहरुले पनि आमा बुबाको महत्त्वका विषयमा चर्चा गरेका थिए ।
ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सीबीआर कार्यक्रमले पनि कार्यक्रम आयाेजनका लागि सहयाेग गरेकाे सहजकर्ता ख्याम प्रसाद बरालले बताए ।
प्रतिक्रिया