मानेभञ्ज्याङमा शैक्षिक सुधारका लागि शिक्षकलाई ‘कष्टमाइज्ड’ तालिम प्रदान

मानेभञ्ज्याङमा शैक्षिक सुधारका लागि शिक्षकलाई ‘कष्टमाइज्ड’ तालिम प्रदान



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले ८८ जना शिक्षकलाई शैक्षिक सुधार र गणस्तर वृद्धिका लागि कष्टमाइज्ड तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गर्ने उद्वेश्यले निम्न माध्यमिक तथा माध्यमिक तहका १७ विद्यालयका ८८ जना शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।
विभिन्न पाँच बिषयका शिक्षकहरुलाई प्रभावकारी शिक्षण अध्यासको बारेमा प्रशिक्षण दिइएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख भरत खतिवडाले बताए । नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयका बिषयगत शिक्षकलाई शिक्षा तालिम केन्द्र सुनसरीका प्रशिक्षकहरुले सैद्धान्तिक र व्यवहारी प्रशिक्षण दिएको खतिवडाले जानकारी दिए ।
तालिममा गणित बिषयका १९, अंग्रेजीका २०, सामाजिक बिषयका १८, नेपालीका १६ र विज्ञान बिषयका १५ गरि ८८ जना शिक्षकहरु सहभागी भएका थिए । तालिम व्यवहारिक र प्रभावकारी रहेकोले शिक्षण सिकाईमा सहयोग पुग्ने तालिममा सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।