ओखलढुंगाको बेतिनीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा पहिलाे दिन ४५४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।धमला सामाजिक सेवा प्रतिष्ठान विराटनगर र विराट टिचिङ हस्पिटल विराटनगरको आयोजना तथा सिद्धिचरण नगरपालिका र जगन जधु प्रतिष्ठान सिनपा १० बेतिनीको सह आयोजनामा शिविर सुरु गरिएको हो ।
विशेषज्ञ डा. जिवनाथ धमला सहितको टोलीद्वारा निःशुल्क परिक्षण तथा उपचार शिविर सुरु गरिएको आयोजक धमला सामाजिक सेवा प्रतिष्ठान विराटनगरका अध्यक्ष भेष प्रसाद धमलाले बताए ।
विपन्न नागरिकलाई लक्षित गरेर गाउँमै सेवा उपलब्ध गराउने उद्वेश्यले शिविर सञ्चालन गरिएको उनको भनाई छ ।
प्रतिष्ठान मार्फत धमलाहरु संगठित भएर सामाजिक काम मार्फत आफुहरु नागरिकको सेवामा जुटेको अध्यक्ष धमलाले बताएका छन् । शिविर मंगलबार सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया