मानेभञ्ज्याङ गाउँपालिका-८ राघवपुर छाप गाउँकाे विचमा एउटा `खला´ छ । धान, गहुँ, काेदाे, भटमास लगायत दाल तथा अन्न (कुट्न) झार्नका लागि जमिनलाई सम्याएर बनाईएकाे ठाउँलाई `खला´ भनिन्छ ।
याे सिंगाे गाउँकाे सामुहिक एउटै खला हाे । करिव तीन पुस्ता अघिदेखि यहाँका स्थानियले यही खलालाई साझा रुपमा प्रयाेग गर्ने गरेका छन् । बाउ बाजेको पाला देखि सुरु भएकाे याे खला अहिले आफुले प्रयाेग गर्ने गरेकाे छाप गाउँका ६९ वर्षिय सेते बलम्पाकी मगरले बताए ।
कादाे, फापर, भटमास, दाल झार्न (कुट्न) यही खलामा अर्म पर्म लगाउने गरिएकाे मगरकाे भनाइ छ ।
छाप गाउँका करिब २१ घर परिवारले याे खलालाई पालैपालो प्रयाेग गर्ने गरेकाे स्थानिय जानुका रुचालले जानकारी दिईन् । रुचालका अनुसार गाउँले सबै यसकाे संरक्षणमा जुट्ने गरेका छन् ।
प्रतिक्रिया