ओखलढुंगामा ७१ जनाको मोतीबिन्दु शल्यक्रिया

ओखलढुंगामा ७१ जनाको मोतीबिन्दु शल्यक्रिया


भिजन समाचार
1k
Shares

ओखलढुंगाका ७१ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । जिल्लाको तीन स्थानिय तहमा चैत ५ देखि २१ गते सम्म सञ्चालन भएको निःशुल्क छनौट शिविर बाट पहिचान भएका ७१ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको संयुक्त आयोजनामा जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र मानेभन्ज्याङ गाउँपालिकाका मोतीबिन्दु समस्या भएकाहरुको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले बताईन ।
प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोलीद्वारा शल्यक्रिया गरिएको प्रमुख राईको भनाई छ । मोतीबिन्दु अन्धोपनाको मुख्य कारण भएकाले समय समयमा निःशुल्क मोतीबिन्दु छनोट र शल्यक्रिया शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।