ओखलढुङ्गामा देशकै अग्लो बुद्धको मुर्ति निर्माण

ओखलढुङ्गामा देशकै अग्लो बुद्धको मुर्ति निर्माण



पर्यटन प्रवद्र्धनका लागि सम्भवत देशकै सबै भन्दा अग्लो बुद्धको मुर्ति ओखलढुङ्गाको केत्तुकेमा निर्माण गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताए । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पुर्ण कदको मुर्ति निर्माण गरिएको छ । यो नेपालकै सबै भन्दा अग्लो बुद्धको पुर्ण कदको मुर्ति हुन सक्ने वडा अध्यक्ष तामाङले बताएका छन् ।


मानेभञ्ज्याङ गाउँपालिकाको करिब ३० लाख लगानीमा उक्त मुर्ति निर्माण गरिएको अध्यक्ष तामाङले जानकारी दिए । सिद्धिचरण राजमार्ग अन्तरर्गत पर्ने केत्तुके बजारमा पर्यटन प्रवद्र्धनका लागि बुद्धको मुर्ति सँगै अन्य पर्यटकीय पुर्वाधारहरु निर्माण गरिएका छन् ।


सोहि स्थानमा गुम्बा, बुद्धको मुर्ति पार्क, बौद्ध डाँडामा सहिद स्मृति पार्क लगायतका पर्यटकीय पुर्वाधारहरु निर्माण गरिएका हुन् । यसका साथै पछिल्लो समय केत्तुके बजार जिल्लाकै मौलिक बजारका रुपमा विकसित भईरहेको वडा अध्यक्ष तामाङको भनाई छ ।


स्थानिय उत्पादनहरु दाल, तरकारी, फलफूल लगायतका खाद्य सामाग्रिहरु विशेष गरि विक्रिका लागि राख्ने गरिएको पाईन्छ । ओखलढुङ्गा र सोलुखुम्बु आउ जाउ गर्ने यात्रुहरुलाई लक्षित गरेर बजारमा रैथाने उत्पादनलाई विक्रि गर्ने गरिएको हो । तामाङ समुदायको बाक्लो बसोबास भएको केत्तुकेलाई पर्यटकिय हबका रुपमा विकास गर्न वडा अध्यक्ष तामाङले आफैले घोडा खरिद गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई घोडचढीको व्यवस्था गरेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके लगायत लिब्जु उपो सामाथान, सातसल्लेको शहिद पार्क, किरातेश्वर गुफा, जयरामघाटको पुल, उवुको स्वालेवा र सुरिम पार्क लगायतको पर्यटकीय प्रवद्र्धन गरि युवाहरुमा रोजगारी सृजना गर्ने योजनाका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।