मानेभञ्ज्याङका विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा दिईने

मानेभञ्ज्याङका विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा दिईने



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराईने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले ओखलढुंगा सेवा समाज दिक्षिण कोरियाकाे १० लाख ५० हजार आर्थिक सहयोग र गाउँपालिकाको १३ लाख लगानिमा एम्बुलेन्स खरिद गरेको छ ।
एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा प्रदान गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । गर्भवती, सुत्केरी, अपांगता, असाहय विपन्न र जेष्ठ नागरिकलाई कार्यविधि बनाएर सस्तो र सहुलियतमा एम्बुलेन्स सेवा दिईने गाउँपालिका अध्यक्ष रुम्दालीले बताए ।
एम्बुलेन्स मानेभञ्ज्याङ स्वास्थ्य चौकीको मातहतमा राखेर सञ्चालन गरिने बताईएको छ । जिल्ला तथा अन्य स्थानमा जान लैजानका लागि एम्बुलेन्सको भाडा दर निर्धारण गरिने गाउँपालिकाले जनाएको छ । मानेभञ्ज्याङका लागि एम्बुलेन्स खरिद गर्न ओखलढुंगा सेवा समाज दिक्षिण कोरियाले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो ।