ओखलढुंगामा बलात्कारको झुटाे आराेप लगाउने महिलालाई जेल सजाय

ओखलढुंगामा बलात्कारको झुटाे आराेप लगाउने महिलालाई जेल सजाय


भिजन समाचार
29.2k
Shares

ओखलढुंगामा बलात्कारको झुटो आरोप लगाउने जाहेरी वाली महिलालाई कैद र जरिवानाको फैसला भएको छ ।
ओखलढुंगा जिल्ला अदातलका न्यायाधीस गिरीराज गौतमको इजलासले बिहीबार प्रतिवादी विरुद्ध बलात्कारको झुटो आरोप लगाउने जिल्लाको खिजीदेम्बा गाउँपालिकाकी २५ बर्षीया महिलालाई दुई महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो ।


उनले खिजीदेम्बा गाउँपालिका–३ चण्डेश्वरीका २३ बर्षीय फुरी शेर्पाले आफुलाई २०८० असोज १९ गते जबरजस्ती करणी गरेको भन्ने आरोप सहित गत असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा प्रहरीले आरोपित शेर्पालाई असोज २९ गते पक्राउ गरेको थियो ।

शेर्पालाई पक्राउ गरि प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत कार्तिक १९ गते जबरजस्ती करणी शिर्षकमा ओखलढुंगा जिल्ला अदालतमा मुद्धा दर्ता गरि कारबाही प्रक्रिया अघि बढाएको थियो ।
जिल्ला आदालतका तत्काललिन जिल्ला न्यायाधीस टिकाराम आचार्यको आदेशमा कार्तिक १९ गते आरोपित शेर्पालाई पुर्वक्षका लागि थुनामा पठाइएको थियो ।
अदालतमा भएको बकपत्रमा शेर्पा विरुद्ध बलात्कारको आरोप लगाउने जाहेरीवालीले आफुले झुटो आरोप लगाएको भनेर बयान दिएकी थिईन्।

झुटो विवरण सहित मुद्धा दर्ता गरेकोले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ को उपदफा २ को खण्ड ‘क’ बमोजिम दुई महिना कैद सजाय र पाँच हजार जरिवाना भएको ओखलढुंगा जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालले जानकारी दिए । प्रतिकुल बकपत्र दिएर कैद सजाय र जरिवाना भएको कम फैसला मध्ये यो पनि पर्ने उनले बताएका छन् ।