सुनकोशी गाउँपालिकाको उत्कृष्ट कार्य

सुनकोशी गाउँपालिकाको उत्कृष्ट कार्य



सुनकोशी गाउँपालिका ओखलढुंगाले प्रभावकारी जनपक्षिय काम गरिरहेको छ । नागरिकको आधारभूत आवश्यकता पुरा गर्नका लागि गाउँपालिकाले उत्कृष्ट योजनाहरु ल्याएको छ ।
जस मध्येको उत्कृष्ट काम हाे, गाउँपालिकाले सम्पुर्ण वडाका आङ (पाठेघर) खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरेको छ । सडक, विधुत, शिक्षा, कृषि, खेलकुद क्षेत्रको विकास गर्दै नागरिकलाई स्वस्थ राख्न विशेष जोड दिईएको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् ।
नागरिक स्वस्थ भए मात्र अन्य विकासका पुर्वाधारहरुको पनि प्रभाकारी उपयोगिता हुने भएकाले नागरिकको स्वास्थ्य लाई पहिलो प्राथमिकामा राखी काम गरिएको उपाध्यक्ष अधिकारीको भनाई छ । गाउँपालिकाका १० वटै वडाका वर्षौं देखी समस्या भोग्दै आएका आङ खसेका आमा दिदिबहिनीहरुको समस्यालाई मध्यनजर गरी निःशुल्क शल्यक्रिया गरिएको उपाध्यक्ष अधिकारीको भनाई छ ।

विभिन्न समयमा गाउँपालिकाले छनोट शिविर सञ्चालन गरी आङ खसेका महिलाहरुको पहिचान गरिएको थियो । पहिचान भएका मध्ये २३ जनाको दक्ष चिकित्सक मार्फत शल्यक्रिया गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिईन् । जिल्ला अस्पतालमा ल्याईएका ३० जना मध्ये २३ जनाको शल्यक्रिया भएको उनको भनाई छ ।
नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय समयमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । गत वर्ष आँखाको शल्यक्रिया गर्ने शिविर सञ्चालन गरि वर्षौंदेखी आँखा नदेख्नेहरुको समस्या समाधान गरिएको अध्यक्ष तामाङले जानकारी दिए । गाउँपालिकामा आङ खसेका महिलाहरुको जटिल समस्या रहेको पहिचान गरि जिल्ला अस्ताल रुम्जाटारमा ल्याएर शल्यक्रिया गराईएको अध्यक्ष तामाङको भनाई छ ।

शिविरमा ल्याईएका विरामी र एक जना कुरुवालाई खाना, खाजा, बास र यातायातको व्यवस्था गाउँपालिकाले गरेको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले जानकारी दिए । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतको सहजिकरणमा धनकुटा अस्पतालका चिकित्सकहरु मार्फत शल्यक्रिया भएको प्रमुख प्रशासकिय अधिकृत कार्कीले जानकारी दिए ।