ओखलढुङ्गामा सञ्चालित बृहत स्वास्थ्य शिविरमा १५ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । नेपाल चिकित्सक सङ्घ र दावाँली मिलन क्लबको आयोजनामा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १५ सय जनाले स्वास्थ्य उपचार तथा परिक्षण सेवा लिएका हुन् ।
सिद्धिचरण नगरपालिका–११ को सोब्रु अङ्ग्रेजी स्कुलको प्राङ्गणमा विहान ८ बजे देखी सुरुभएको शिविरमा ओखलढुङ्का विभिन्न स्थानिय तह र आसपासका अन्य जिल्लाबाट समेत स्वास्थ्य परिक्षणका लागि नागरिकको उपस्थिती रहेको आयोजक दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
शिविर सञ्चालन गर्न सिद्धिचरण नगरपालिका लगायत स्थानिय विभिन्न सङ्घ संस्थाहरुले महत्वपुर्ण सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । वीर अस्पताल र चितवन क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरु मार्फत शिविरमा आएका नागरिकहरुको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको श्रेष्ठले जानकारी दिए ।
शिविरमा क्यान्सर पहिचान, मुटुरोग, स्त्रीरोग, नाक, कान घाटी, छालारोग, भिडियो एक्स–रे, एक्स–रे, आँखा, ल्याब तथा साधारण स्वास्थ्य परिक्षण लगायत अन्य स्वास्थ्य परिक्षण एवम् उपचार सेवा निःशुल्क प्रदान गरिएको जनाईएको छ ।
नागरिकलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा गाउँ घरमै उपलब्ध गराउने उद्देश्यले बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको स्थानिय आयोजक सिद्धिचरण नगरपालिकाका मयेर तेजेन्द्र खनालले बताए । चिकित्सक र शिविर टोलीका सदस्यहरुका लागि आवश्यक खाना, बास साथै अन्य आवश्यक व्यवस्था सिद्धिचरण नगरपालिकाले गरेको जनाएको छ ।
प्रतिक्रिया