साेलुखुम्बुमा सम्पन्न भलिबल प्रतियोगितामा ओखलढुंगा विजयी

साेलुखुम्बुमा सम्पन्न भलिबल प्रतियोगितामा ओखलढुंगा विजयी


भिजन समाचार
6.5k
Shares

प्रथम सोलुखुम्बु कोशी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी ओखलढुंगाले जितेको छ । शुक्रबार भएको फाइलन खेलमा एआएसी नेट टिभी सोलुखुम्बुलाई ३–० को सोझो सेटमा हराउँदै युवा संघ ओखलढुंगाले उपाधि जितेकाे हो ।
प्रतियोगितामा वाइसिएल सोलुखुम्बु तृतीय र माप्य दुधकोशी गाउँपालिका सान्त्वना भएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खलाडी ओखलढुंगाका समिप श्रेष्ठ, उत्कृष्ट सेटर मनोज घिमिरे, उत्कृष्ट लिब्रो दिलिप राई र उत्कृष्ट ब्लकर लोकेश श्रेष्ठ भएकाे प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः दुई लाख, एक लाख ५० हजार, एक लाख र २५ हजार रुपैयाँ नगद प्रदान गरिएको आयाेजक राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष प्रवेश किराँतीले जानकारी दिए ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर र, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटरलाई तीन÷तीन हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।
उदयमान खेलाडीका रूपमा २० वर्षमुनिका खेलाडीलाई प्रोत्साहन स्वरूप तीन हजार रुपैयाँ प्रदान गरिएको पनि अध्यक्ष किराँतीले जानकारी ।