शिक्षा विज्ञान तथा प्रविधी मन्त्री अशोक राईले विद्यालय शिक्षा सम्बन्धी विधेयक निर्माण अन्तीम चरणमा रहेको बताएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीको कालिका माध्यमिक विद्यालयको ६२औं वार्षिक उत्सव एवम् नव निर्मीत भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री राईले यस्तो बताएका हुन् ।
आगामी वर्षे अधिवेशनमा राष्ट्रिय सभा मार्फत विधेयक पारित गर्ने गरी काम भईरहेको मन्त्री राईले जानकारी दिए । “उक्त विधेयकले शिक्षा सम्बन्धी संघ, प्रदेश र स्थानिय तहको हक अधिकारलाई स्पष्ट रेखाङ्कन गर्नेछ,” शिक्षामन्त्री राईले भने “विधेयकका लागि शिक्षकहरु, शिक्षाविद्, पालिका महासंघ, जिल्ला समन्वय महासंघ, अविभावक र विद्यालय व्यवस्थापन समितिका महासंघहरु सँग छलफल गर्ने र राय लिने काम भएको छ ।”
आउने ऐनले शिक्षाको गुणस्तर वृद्धि, शिक्षक अभावको समस्या समाधान र सम्पुर्ण सामुदायिक विद्यालयहरुमा देखिएका सम्पुर्ण समस्या समाधान हुने शिक्षामन्त्री राईले दावि गरे । यसका साथै यसै अधिवेशनमा प्राविधिक शिक्षा सम्बन्धी विधेयक पनि प्रस्तुत हुने मन्त्री राईको भनाई छ । आगामी पाँच वर्ष भित्र देशका सम्पुर्ण सामुदायिक विद्यालयका भवन पक्की र भूकम्प प्रतिरोधी बनाईले शिक्षामन्त्री राईले उल्लेख गरे ।
यसका लागि वर्तमान सरकार र योजना आयोगले काम गरिरेहेको उनले जानकारी दिए । कालिका माध्यमिक विद्यालय सिस्नेरीले आयोजना गरेको ६२औं वार्षिक उत्सव एवम नव निर्मित भवन उत्घाटन कार्यक्रममा ओखलढुंगाका संघिय माननिय राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा, प्रदेश ख सांसद पुर्व सभामुख बाबुराम गौतम, संविधान सभा सदस्य यज्ञराज सुनुवार लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । यस विद्यालयमा प्राविधिक धारको पनि पठन पाठन भईरहेको छ ।
यसका साथै शिक्षामन्त्री राई र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा, पुर्व सांसद सुनुवार लगायतले सुनकोशी गाउँपालिका–४ तल्लो सिस्नेरीको पञ्चकन्या माध्यमिक विद्यालयको नव निर्मित भवनको पनि अनुगमन गरेका छन् ।
प्रतिक्रिया