मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगामा मासु व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई डिपफ्रिज वितरण गरिएको छ । गाउँपालिकामा दर्ता भएर सञ्चालन भएका व्यवसायीलाई मागको आधारमा ५० प्रतिशत अनुदानमा डिप फ्रिज उपलब्ध गराईएको हो ।
पालिकाको कृषि उपज कार्यक्रम अन्तरगत गाउँपालिकाका विभिन्न स्थानमा मासु व्यवसाय सञ्चालन गर्ने नौ जना व्यवसायीलाई डिप फ्रिज प्रदान गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने र व्यवसायीलाई थप व्यवसायमा सहयोग पु¥याउने उद्देश्यले मागको आधारमा सामाग्री उपलब्ध गराईएको अध्यक्ष रुम्दालीको भनाई छ ।
व्यवसायी र गाउँपालिकाको ५०–५० प्रतिशत लगानीमा ६ वटा ठुलो र ३ वटा सानो मासु राख्ने डिप फ्रिज उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ । कृषि उपज कार्यक्रम अन्तरर्गत सात लाख बजेट विनियोजन गरिएको थियो । ठुलो डिप फ्रिसको लागत ४४ हजार र सानोको ३१ हजारको दरले खरिद गरेर ५० प्रतिशत अनुदानमा व्यवसायीलाई उपलब्ध गराईएको हो ।
प्रतिक्रिया