केत्तुके बजारमा घोडचढी व्यवस्था

केत्तुके बजारमा घोडचढी व्यवस्था



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजारमा पर्यटककालागि घोडचढी व्यवस्था गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले केत्तुकेमा घोडचढीको व्यवस्था गरिएको हो ।
केत्तुके बजार आसपासमा रहेका पर्यटकिय गन्तव्यहरुमा पर्यटकलाई जान आउन घोडाको व्यवस्था गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताए । वडा अध्यक्ष तामाङ आफैले करिब एक लाख ५० हजारमा घोडा खरिद गरेका हुन् ।
घोडा चढेर केत्तुके बजार, गुम्बा, जीपलाई क्षेत्र, बुद्धको मुर्ति भएको स्थान, गुरुङ डाँडा, बौद्ध डाँडा शहिद पार्क, लिब्जु, मानेभञ्ज्याङ लगायतका क्षेत्रमा जाने आउने व्यवस्था गरिएको वडा अध्यक्ष तामाङको भनाई छ ।
निश्चित शुल्क लिएर पर्यटकलाई घोडामा राखेर भ्रमण गराउने जनशक्तिको व्यवस्था गरिएको तामाङले जानकारी दिए । लोप हुदै गएको घोडा पालन र घोडा चड्ने प्रचलनलाई प्रवर्द्धन गर्न आफ्नै लागि खरिद गरिएको घोडा मार्फत केत्तुकेकमा पर्यटन विकास गर्ने योजना बनाईएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।