ओखलढुंगाका जेष्ठ नागरिकलाई जाडोमा न्यानो कपडा

ओखलढुंगाका जेष्ठ नागरिकलाई जाडोमा न्यानो कपडा


भिजन समाचार
1.3k
Shares

जाडोमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका–१२ का जेष्ठ नागरिकलाई जाडोमा लगाउन न्यानो कपडा वितरण गरिएको हो ।
जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सिद्धिचरण नगरपालिका–१२ को पहलमा स्थानिय व्यवसायी तथा समाजसेवी उत्तम कुमार श्रेष्ठको सहयोगमा ८० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको केन्द्रका अध्यक्ष ध्रुव कुमार राजभण्डारीले बताए ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा सिद्धिचरण पार्कमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको राजभण्डारीले बताए । आफ्नै कारखाना बाट उत्पादन गरिएको कपडा जाडोको समयमा जेष्ठ नागरिकलाई न्यानो होस र चिनोको रुपमा वितरण गरिएको सहयोगी उत्तम कुमार श्रेष्ठको भनाई छ ।
सिद्धिचरण नगरपालिकाका मेयर खनालले सहयोगी र आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् । न्यानो कपडा वितरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, संस्थापक मेयर मोहन कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रका पदाधिकारी लगायत स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो ।