ओखलढुंगाको एक वडाअध्यक्षले आफ्ना वडाका सुत्केरी आमा र नवजात शिशुलाई उपहार सहित सामुहिक भेट गरेका छन् । सिद्धिचरण नगरपलिका–२ ठुलाछापका वडाअध्यक्ष बसन्त कटुवालले वडाका सुत्केरी आमा र नवजात शिशुलाई उपहार सहित सामुहिक भेट गरेका हुन् ।
सुत्केरी आमा र नवजात शिशुहरुलाई वडाअध्यक्ष कटुवालले घ्यु, ज्वानो लगायत पोषिलो खानेकुरा साथै न्यानो कपडा, दोसल्ला वितरण गरेका छन् । वडाका २८ जना सुत्केरी आमाहरुलाई न्यानो कपडा, दोसल्ला, घ्यु, ज्वानो साथै पोषिलो खानेकुरा वितरण गरिएको छ ।
वडाको चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित महिला तथा बालबालिका लक्षित बजेट बाट सुत्केरी आमा र बच्चालाई न्यानो कपडा, दोसल्ला, पोषणयुक्त खानेकुरा वितरण गरिएको वडा सचिव सर्मिला राईले जानकारी दिइन् ।
वडाअध्यक्ष कटुवालका अनुसार सुत्केरी आमाहरुलाई एक कुरुवा ध्यू, एक कुरुवा ज्वानो, एक–एक वटा फाइबरको सिरक र बच्चाका लागि न्यानो कपडा वितरण गरिएको छ ।

प्रतिक्रिया