खेलकुद व्यवस्थित बनाऔं

खेलकुद व्यवस्थित बनाऔं


भिजन समाचार
0
Shares

स्वस्थ शरीरका लागि खेलकुद नितान्त आवश्यक छ । त्यसैले त संसारभर विभिन्न स्वरुपका खेलहरु हुँदै आएका छन् । भनिन्छ–‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ । ओखलढुंगामा पनि खेलकुदको विकास र विद्यालय स्तरबाटै खेलप्रतिको रूचि बढाउन विभिन्न खेलकुद प्रतियोगिताहरू हुने गरेका छन् । अहिले यो समयका ओखलढुंगाका सबैजसो स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भईरहेका छन् । वर्षमा एक पटक हुने प्रतियोगिता विगतका वर्षहरु झैं यसवर्ष पनि चलिरहेका छन् । यसले जिल्लाको खेलकुद विकासमा पक्कै पनि टेवा पु¥याउने छ ।

प्रतियोगिता हुनु र त्यसले खेलकुदलाई नियमित बनाउनु राम्रो पनि हो । नयाँ प्रतिभाको खोजी हुनु, अवसर पाउनु र पुरानाहरू निखारिदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्ने छ । तर प्रतियोगिताको उद्देश्य प्रतियोगिताले पूरा गर्न सक्नुपर्छ । केही प्रतियोगिता प्रतियोगिताका नाममा मात्रै देखिएका छन् । तल्लो तहबाट हुँदै आउने प्रतियोगिताले खेललाई थप हौसाउँदै जाने वातावरण निर्माण हुनुपर्छ । त्यहि अनुसार खेल वातावरण र पूर्वाधार जोडिनु पर्छ । खेलको विकास गर्नसकेमा देश विश्वसामु सहजै चिनिन सक्छ । राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित खेलले गर्र्ने गर्दछ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन भयो भने त्यो देशको राष्ट्रिय सम्पत्ति हो । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । स्वस्थ गराउन खेलकुद महत्वपूर्ण छ । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रूपले वा शारीरिक रूपबाट अपांग बन्नपुग्छ । त्यसकारण पनि एउटा मान्छे स्वास्थ्य हुन आवश्यक छ । एउटा स्वास्थ्य शरीरमा मात्र स्वास्थ्य मस्तिष्क हुन्छ । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । त्यसले व्यक्ति मात्रै हैन परिवार, समाज, देश स्वस्थ बन्न सक्छ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढाउन आवश्यक देखिन्छ ।

खेलकुद विकासको विकास र वातावरणका लागि खेल पूर्वाधार महत्वपूर्ण हुन्छ । खेलको प्रवद्र्धनका लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक छ । पछिल्लो समय जिल्लामा केही खेल पूर्वाधार निर्माण भए पनि पूर्ण भएका छैनन् । पर्याप्त हुनसकेका छैनन् । खेल मनोरञ्जनका लागि मात्रै भन्दा पनि राष्ट्रको एउटा आधार हो भन्ने ध्येयले बढाउन आवश्यक छ । यसले राष्ट्रको गौरब बढाउने छ । यसका लागि खेलकुदको अधिकार र स्वामित्व विकेन्द्रिकरण गर्न आवश्यक छ । स्थानीय तहहरुले वर्षेनी सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्ड पनि विद्यालय÷विद्यालयका विद्यार्थी बिच प्रतिस्पर्धा गराएर हार जितको घोषणा गर्ने भन्दा खेल क्षेत्रको विकास गर्ने, खेलकुदमा युवा विद्यार्थीलाई दक्ष बनाउने तर्फ ध्यान दिनुपर्छ । अझ राम्रो त जिल्लाका सबै स्थानीय तहले एउटा म्याचिङ फण्ट बनाएर जिल्लाव्यापी खेलकुदको साझा कार्यक्रम ल्याउन जरुरी छ ।

मानेभञ्ज्याङ गाउँपालिकाले प्रदेश स्तरिय अन्तरपालिका फुटबल प्रतियोगिता सञ्चालन गरेर खेल क्षेत्रमा नयाँ सन्देश दिएको छ । यस्ता प्रतियोगिताले युवाको वृद्धि विकास र खेलक्षेत्रमा नयाँ आयाम ल्याउने निश्चित छ । स्थानीय सरकारहरुले नियमित यस्ता कार्यक्रम सञ्चालन गर्न नीतिगत रुपमै काम थाल्नुपर्छ ।