मोलुङ गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बरुणेश्वर माध्यमिक विद्यालय रामपुरले जितेको छ । प्रतियोगितामा ३८ स्वर्ण, चार रजत र ३० काश्य सहित बरुणेश्वर माध्यमिक विद्यालय प्रथम भएको हो ।
यस्तै १२ स्वर्ण, एक रजत सहित जेसे माध्यमिक विद्यालय पात्ले द्वितीय भएको छ । १० स्वर्ण, १४ रजत र चार काश्य पात्ले माध्यमिक विद्यालय पात्ले तेश्रो भएको मोलुङ गाउँपालिका रोजगार संयोजक माधव कार्कीले बताए ।
विजेता विद्यालयका खेलाडीलाई सिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार बाट पुरस्कृत गर्दै गाउँपालिका अध्यक्ष उत्तम राईले खेलकुद क्षेत्रको विकासका लागी पालिकाले निरन्तर काम गरि रहेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार सँगै खेलकुद क्षेत्रको विकासमा पालिकाले सक्दो पहल गर्ने शिक्षा शाखा प्रमुख सरस्वती पौडेलले बताईन् ।
प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक तहका विद्यालयहरुको सहभागिता थियो । भलिबल, दौड, हाइजम्प, लङ जम्प लगायत १० विधामा खेलहरु सञ्चालन भएका थिए । खेल मोलुङ गाउँपालिका–२ स्थित बरुणेश्वर माविको खेल मैदानमा पुस २३ देखि २५ गते सम्म सञ्चालन भएको थियो । सामाजिक विकास समितिका संयोजक एवम् वडा नं.८ का वडाअध्यक्ष सुधिर राईको संयोजकत्वमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतिक्रिया