उत्कृष्ट खेलमैदान निर्माण गर्ने खेलकुद मन्त्री लिम्बुको उद्घोष

उत्कृष्ट खेलमैदान निर्माण गर्ने खेलकुद मन्त्री लिम्बुको उद्घोष


भिजन समाचार
4.9k
Shares

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले एक जिल्ला एक उत्कृष्ट खेल मैदान निर्माण गर्ने उद्घोष गरेका छन् । ओखलढुंगामा सुरु भएको प्रदेश स्थानिय तह स्तरिय फुटबल खेल प्रतियोगिता उद्घाटन कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री लिम्बुले एक आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी एक जिल्ला एक उत्कृष्ट खेल मैदान निर्माण गर्ने बताएका हुन् ।
जिल्लाको ब्ओकुल खेल मैदानको स्तर उन्नति र आवश्यक पुर्वाधार निर्माणका लागि मन्त्रालय मार्फत सहयोग गर्ने मन्त्री लिम्बुले प्रतिवद्धता गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल खेल प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिका–३ ब्ओकुला खेलमैदानमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मानेभञ्ज्याङले सुनकोशी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा विजेतालाई नगद पाँच लाखको साथमा साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको ट्रफि साथमा मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । उपविजेतालाई नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
खेलको सेमीफाईनलिस्ट दुई टिमलाई एक–एक लाख रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट खेलाडी नगद १५ हजार साथमा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ईलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानिय तह सहभागी भएको आयोजक मूल समारोह समिति संयोजक राजकुमार रुम्दालीले जानकारि दिनुभयो । पुस २९ गते प्रतियोगिता समापन हुने छ ।