वडा स्तरीय फुटबल प्रतियाेगिताको उपाधी विगुटारलाई

वडा स्तरीय फुटबल प्रतियाेगिताको उपाधी विगुटारलाई



ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा आयोजित ‘सेभेन ए’ खुल्ला वडा स्तरीय फुटबलको उपाधी पारिजात युवा समूह सिद्धिचरण नगरपालिका–७ विगुटारले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा सुनकोशी गाउँपालिका–६ पारालाई ३–२ गोल अन्तरले हराउँदै विगुटारले उपाधी जितेको हो ।
विजेता बनेसँगै पारिजात युवा समूह विगुटारले नगद रु.४४ हजार चार सय ४४ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र र उप–विजेता पाराले नगद रु. ३३ हजार तीन सय ३३ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
यस्तै सेमिफाइनलिष्ट दुई टिम साइनिङ स्टार अधेरी र महादेवस्थान सेवा समाज सिनपा–३ ले नौं/नौं हजार प्राप्त गरेका छन् ।
खेलमा मोहन आले मगर अनुशासित खेलाडी, विक्रम राई सर्वाधिक गोलकर्ता, समिर थापा मगर उत्कृष्ट गोलकर्ता र रोशन राई उत्कृष्ट गोल रक्षकलाई मेडल र प्रमाणपत्रको नगद् पुरस्कार पनि प्रदान गरिएको आयोजक समूहका आर्थिक समिति संयोजक सुमन गुरुङले जानकारी दिए ।
समाज सुधार समाज कल्याण समाज असिने फुट्बल क्लवको आयोजना तथा द युनिटी युथ समुह सिद्धिचरण नगरपालिका–३, अधेरी नारायणस्थानको सह–आयोजनामा भएको प्रतियोगितामा १५ टिमको सहभागिता थियो ।
प्रतियोगिताका विजेता, उप–विजेता, सेमिफाइनलिष्ट टिम तथा उत्कृष्ट खेलाडीलाई जिल्ला समन्वय समिति ओखलढुंगाका उप प्रमुख तारा कार्की लगायतका अतिथिले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तण गरेका थिए । खेल पौष १ गते देखि असिने फुटबल क्लव सिनपा–३ को खेल मैदानमा सञ्चालन भएको थियो ।