सिद्धिचरण नगरपालिकाले आफ्नो नागरिक जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको माथिल्लो क्षेत्र बढी जाडो हुने स्थानका नागकिलाई न्यानो कपडा वितरण गरिएको हो ।
वडा नं.६ जन्तरखानी, ७ विगुटारका नागरिकलाई न्यानो कपडा वितरण गरिएको नगरप्रमुख तजेन्द्र खनालले बताए । जन्तरखानीका ५७ जना र विगुटारका ५८ जना असहाय, गरिब तथा विपन्न जेष्ठ नागरिकलाई न्यानो ब्ल्याङ्केट वितरण गरिएको नगरप्रमुख खनालको भनाई छ ।
वडा नं. ५ बर्णालुमा वितरण गर्ने तयारी भईरहेको नगरप्रमुख खनालले बताए । आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित पाँच लाख बजेटले न्यानो कपडा (ब्ल्याङ्केट) खरिद गरेर जाडो मौसममा विपन्न परिवारलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया