वडा कार्यालयको सेवा नयाँ भवन बाट

वडा कार्यालयको सेवा नयाँ भवन बाट


भिजन समाचार
2.3k
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ ले नव निर्मित सुविधा सम्पन्न भवन बाट सेवा दिन थालेको छ । शुक्रबार सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालले वडा कार्यालय भवनको उद्घाटन गरे सँगै सेवा दिन थालिएको हो ।
भवनको उद्घाटन गर्दै नगरप्रमुख खनालले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह पनि प्रभावकारी बनाउन आग्रह गरेका छन् । ६२ लाख सात हजार ६० रुपैयाँ लागतमा बनेको पाँच कोठे पक्की भवन अपाङ्गमैत्री रहेको वडा अध्यक्ष भलबहादुर कट्वालले बताए ।

आगामी दिनमा वडाका नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने वडा अध्यक्ष कट्वालको भनाई छ ।
यसै अवसरमा विगुटारका ५७ जना जेष्ठ नागरिक, असाहय, अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिका मार्फत जाडोमा न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष कटुवालले जानकारी दिए ।