गाउँमै पालिकाको सेवा

गाउँमै पालिकाको सेवा


भिजन समाचार
583
Shares

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले नागरिकलाई पालिकाको सेवा गाउँमै उपलब्ध गराएको छ । पालिकाले घुम्ती शिविर आयोजना गरि वडा स्तरमै नागरिलाई सेवा उपलब्ध गराएको हो ।
पालिकाका नागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले गाउँघरमा घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।
शिविरमा योजना सम्झौता, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र दर्ता÷नविकरण, कृषि समुह दर्ता, कृषि तथा पशुपन्छी फर्म दर्ता तथा नविकरण, सहकारी संस्था दर्ता तथा नविकरण लगायत पालिकाबाट प्रवाह हुने सेवा गाउँस्तरमै प्रदान भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले जानकारी दिए ।
पहिलो चरणमा वडा नं. ७ देखि १० सम्म शिविर सञ्चालन भईसकेको छ । दोश्रो चरणमा वडा नं. १ देखि ५ का लागि शिविर सञ्चालन भईरहेको गाउँपालिकाले जनाएको छ ।