ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा लैंगिक हिंसा, बालविबाह, आत्महत्या विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरर्गत कार्यक्रम गरिएको हो ।
कार्यक्रममा निशंखे प्रहरी चौकी मार्फत बालविबाहको असर र कानुनी व्यवस्थाका बारे नागरिकलाई जानकारी गराईएको थियो । कानुन व्यवसायी बोधनारायण कट्वालले घरेलु हिंसा, कानुनी उपचार र निवारणका उपायबारे सहभागिलाई सचेत गराएका थिए ।
वडा स्तरबाट लैगिक हिंसा, बालविबाह र आत्महत्यादर रोकथामका लागि प्रयास भईरहेको वडा अध्यक्ष बसन्त कट्वालले बताए । आत्महत्या रोकथामका लागि मनासिक स्वास्थ्य बारेमा मनोपरामर्श प्रदान गरिएको सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक सुजता श्रेष्ठले बताईन् ।
सिद्विचरण नगरपालिकाको आयोजनामा सहयोगी हातहरुको समूह (सहास) नेपालको सहजीकरण र नेपाल प्रहरी, कोकन नेपाल, ओसिएमसीको समन्वयमा कार्यक्रम आयोजना भएको थियो ।
प्रतिक्रिया