आधुनिक ट्वाइलेट कुर्सी उपलब्ध

आधुनिक ट्वाइलेट कुर्सी उपलब्ध


भिजन समाचार
636
Shares

हिडेर शौचालय जान नसक्ने बिरामीलाई आधुनिक ट्वाईलेट कुर्सी उपलब्ध गरिएको छ । सिद्धिचरण नगरपालिका–१२ ओखलढुंगा सिमलडाँडाका भुपध्वज कार्कीलाई आधुनिक ट्वाईलेट कुर्सी हस्तान्तरण गरिएको हो ।
खुट्टाको बुढी औंलामा घाउ भई उपचारको क्रममा काटेर फ्याकेपछी कार्कीलाई शौचालय जान समस्या भएकाले वडा मार्फत ट्वाईलेट कुर्सी खरिद गरेर हस्तान्तरण गरिएको वडा अध्यक्ष उमंग श्रेष्ठले बताए । वडाको भैपरी विपद् शिर्षकको बजेटले ट्वाईलेट कुर्सी खरिद गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।