नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान

नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान


भिजन समाचार
265
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा नियुक्त भएका प्रहरी सहायक निरिक्षक र प्रहरी जवानहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नवनियुक्त नगर प्रहरी सहायक निरीक्षक टेकप्रसाद अधिकारी (सन्तोष) र दुई जना महिला नगर प्रहरी जवानलाई सोमबार दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
नगरको ऐन र कार्यविधिमा रहेर नगरपालिकाको सुरक्षा साथै समृद्धिका लागि अहोरात्र खट्न नवनियुक्त नगर प्रहरीहरुलाई नगर प्रमुख तेजेन्द्र खनालले निर्देशन दिएका छन् ।
नगरपालिकाको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सार्वजनिक सम्पदाको रेखदेख तथा सुरक्षा, विपद्को समयमा उद्धार, राहत र प्रतिकार्य लगायतका काममा नगर प्रहरीको भुमिका महत्वपुर्ण हुने भएकाले दत्तचित्त भएर कर्तव्य पालना गर्न प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले नगर प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
सिद्धिचरण नगरपालिकामा एक प्रहरी सहायक निरीक्षक, एक हवल्दार सहित पाँच जना नगर प्रहरी जवान रहेका छन् ।