एचआइभी एड्स बाट बच्न सतर्क बनौं

एचआइभी एड्स बाट बच्न सतर्क बनौं



एचआइभी एड्स संक्रमण बाट बच्न सतर्कता अपनाउन सरोकारवालाहरुले जोड दिएका छन् । ३६औँ विश्व एड्स दिवसको अवसरमा सिद्धिचरण नगरपालिका–११ मा आयोजित कार्यक्रममा सहभागिहरुले एचआइभी एड्स संक्रमण बाट बच्न सचेतना आवश्यक रहेको बताएका छन् ।
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित सिद्धिचरण नगरपालिका महिला बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सिद्धिचरण नगरपालिका–११ को संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम गरिएको थियो । एचआइभी एड्स रोग रोकथामका उपायबारे सचेतना प्रदना गरिएको सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य निरीक्षक आइतबहादुर राईले बताए ।
यसका साथै ओखलढुंगामा १९ जना एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको । जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाको तथ्यांक अनुसार हाल जिल्लामा १९ जना एचआइभी संक्रमित रहेका छन् । ओखलढुंगा सहित खोटाङमा एक र सोलुखुम्बुका पाँच गरि २५ जनाले रुम्जाटार अस्पतालको एआरटी शाखाबाट नियमित औषधि तथा परामर्श सेवा लिने गरेको काउन्सिलर कुमार प्रसाद दाहालले जानकारी दिए ।