पूर्ण अशक्तलाई घरमै परिचय पत्र

पूर्ण अशक्तलाई घरमै परिचय पत्र


भिजन समाचार
3.9k
Shares

पुर्ण अशक्त अपाङ्गता भएकाहरुलाई घरमै परिचय पत्र वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका–९ ज्यमिरेका पुर्ण अपाङ्गता भएकाहरुलाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिएको हो । घरमै पुगेर चार जनालाई (क) वर्गको र एक जनालाई (ख) वर्गको अपांगता परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष गुणराज खड्काले बताए ।
शारीरिक रुपमा पुर्ण अशक्त दिप नेपाली, होम बहादुर बानियाँ, युवराज तोलाङ्गी, चोलेन्द्र तोलाङ्गीलाई (क) वर्गको रातो कार्ड वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए । यस अघि उनिहरुले (ख) वर्गको कार्ड प्राप्त गरेका थिए ।
सुस्त मनस्थिती भएका खेम बहादुर मगरलाई पनि उनको घरमै पुगेर पहिलो पटक (ख) वर्गको अपांगता परिचय पत्र हस्तान्तरण गरिएको वडा कार्यालय ज्यामिरेले जनाएको छ ।