लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखी ओखलढुंगामा पनि सुरु भएको छ । शनिबार विहान ओखलढुंगा सदरमुकाम गणेश चोक देखी जिल्ला अदालत सम्म चेतनामुलक प्लेकार्ड सहित प्रभातफेरी गरि अभियान सुरु गरिएको हो ।
यस वर्ष दिवसको मुख्य नारा “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने रहेको छ । ३२औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्वर २५ देखि डिसेम्वर २४) मंशिर ९ देखि २४ गते सम्म सञ्चालन हुन्छ ।
दिवसको अवसरमा विभिन्न निकायहरुको सहभागितामा १६ दिन सम्म विविध जनचेतनामूलक कार्यक्रम गरिने सिद्धिचरण नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता तामाङले बताईन् ।
जस अन्तर्गत लैङ्गिक हिंसा न्युनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, रेडियो मार्फत जिङ्गल प्रसारण, विद्यालय र समुदाय स्तरमा बाल विवाह र लागुऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने तामाङले जानकारी दिईन् । प्रभातफेरीमा सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरु सहभागि भएका थिए ।
प्रतिक्रिया