सार्वजनिक स्थलमा बनाईएका अवैध घर टहरा हटाउन सुनकोशी गाउँपालिकाले निर्देशन दिएको छ । गाउँपालिकाको सार्वजनिक स्थलमा अवैध रुपमा बनाईएका घर टहरा १५ दिन भित्र हटाउन सुनकोशी गाउँपालिका ओखलढुंगाले सूचना जारी गरेको छ ।
अवैध घर टहरा हटाउन गाउँपालिकाले दोश्रो पटक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । यस अघि गाउँपालिकाले २०७९ साल भाद्र २७ गते ३५ दिने सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए ।
तोकिएको समय भित्र अवैध रुपमा बनाईएका घर टहरा स्थानिय आफैले हटाउन गाउँपालिकाले निर्देशन दिएको छ । यदी अटेर गरेर गाउँपालिकाले हटाउनु परेमा लागेको खर्च सम्बन्धित व्यक्तिले बेहार्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए । गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका सार्वजनिक स्थलहरुमा दर्जन बढी अवैध संरचना रहेको बताईएको छ ।
प्रतिक्रिया