ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले सेवाग्राहीलाई गाउँमै सेवा दिने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले वडा नम्बर १० बाट गाउँपालिका बाट नागरिकले प्राप्त गर्ने विभिन्न सेवा घुम्ती शिविर मार्फत नागरिकलाई दिन थालेको छ ।
नागरिकको सहजताका लागि घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । शिविरमा योजना सम्झौता, जेष्ठ नागरिक तथा अपाङगता परिचय पत्र दर्ता/नविकरण, कृषि समुह, कृषि तथा पशुपन्छी फर्म दर्ता तथा नविकरण, सहकारी संस्था दर्ता तथा नविकरण लगायत पालिकाबाट प्रवाह हुने सेवा वडास्तर बाटै प्रदान गरिने गाउँपालिकाका अध्यक्ष केसीले बताए ।
नागरिकलाई सहज र सुलभ सेवा प्रदान गर्न हरेक बर्ष चम्पादेवी गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।
शिविरको मूख्य उद्देश्य भनेको जनतालाई वडा तहबाटै सहज सेवा दिने रहेको बताउँदै शिविरबाट सेवाग्राहीलाई पालिकामा आउनुपर्ने बाध्यता अन्त्य हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले बताए ।
प्रतिक्रिया