ओखलढुंगाका करिब दश हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । कात्तिक १७ र १८ गते सञ्चालन भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा जिल्लाका ६९० महिला स्वास्थ्य स्वयं सेवीका मार्फत करिब दश हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका जनस्वास्थ निरीक्षक शिव कुमार यादवले बताए ।
प्रतिक्रिया