दाहालको अध्यक्षतामा ओखलढुंगा सितोरियो कराते संघ गठन

दाहालको अध्यक्षतामा ओखलढुंगा सितोरियो कराते संघ गठन


भिजन समाचार
4.5k
Shares

सितोरियो कराते खेलाडी तथा प्रशिक्षक राजन दाहालको अध्यक्षतामा ओखलढुंगा जिल्ला सितोरियो कराते संघ गठन गरिएको छ ।
दाहालको अध्यक्षतामा दश सदस्यिय ओखलढुंगा जिल्ला सितोरियो कराते संघ गठन गरिएको हो । समितिमा बरिष्ट उपाध्यक्षहरु सरोज भुजेल, रमेश कुमार खत्रि र बालकृष्ण राई छन् । सचिव गणेशमान राई र सहसचिवमा थामाकुमारी मगर चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा सन्तोष राई र सदस्यहरु मित्रबहादुर राई, आयुस तामाङ र योगेश तामाङ छनौट भएका छन् । जिल्लाका विभिन्न स्थानहरुमा सितोरियो करातेको तालिम प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको अध्यक्ष दाहालको भनाई छ ।
यसका साथै जिल्लामा कराते खेललाई चलायमान बनाउनुका साथै खेलाडीहरुको हकहितका लागि काम गरिने अध्यक्ष दाहालले जानकारी दिए । ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठको उपस्थितीमा सितोरियो कराते संघ गठन गरिएको थियो ।