ओखलढुंगामा ६ हजारले लगाए कोभिड विरुद्धको खोप

ओखलढुंगामा ६ हजारले लगाए कोभिड विरुद्धको खोप


भिजन समाचार
742
Shares

ओखलढुंगामा एक सातमा छ हजार बढीले कोभिड विरुद्धको खोप लगाएका छन् । जिल्लामा असोज २५ गते देखि एक सातासम्म सञ्चालन भएको कोभिड विरुद्धको खोप अभियानमा छ हजार बढीले खोप लगाएका हुन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मानेभन्ज्याङ गाउँपालिकामा सञ्चालन भएको खोप अभियानमा छ हजार चार सय ८० जना सहभागी भएका हुन् ।

यी तीन पालिकाका सबै खोप केन्द्रहरुबाट १२ वर्ष माथिका सबैलाई पहिलो, दोस्रो र तेस्रो मात्रा खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका कोल्चेन असिस्टेन्ट विवेक पोखरेलले जानकारी दिए ।

यो चरणको अभियानमा दोस्रो मात्रा लिएकाले तीन महिना पछि तेस्रो मात्रा र तेस्रो मात्रा लगाएको छ महिना पूरा भएकाहरुलाई चौथो मात्रा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।