यहि कार्तिक १६ र १७ गते बालबालिकालाई भिटामिन ए क्याक्सुल र जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।
अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका जनस्वास्थ्य निरीक्षक शिव कुमार यादवले बताए ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन उनले आग्रह गरे । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
प्रतिक्रिया