काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । घटस्थापना देखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।
जिल्लामा घटस्थापना देखि हालसम्म आठ हजार बढी यात्रु जिल्ला भित्रीएका छन् । घटस्थापना देखि हालसम्म हर्कपुर नाका हुँदै आठ हजार ७० जना भन्दा बढी यात्रु जिल्ला भित्रीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगा सूचना अधिकारी चन्द्र बस्नेतले जानकारी दिए ।
दशैको समयमा कुनै अप्रिय घटना नहोस र यात्रुहरुको यात्रा सहज हो भन्ने उद्वेश्यले निरन्तर चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सवारी भाडादरबारे गुनासो आएकोमा तीन सय बढी यात्रुलाई भाडाबारे सोधिएकोमा कसैले पनि कुनै गुनासो नगरेको प्रहरीले जनाएको छ ।
तोकिएको भन्दा बढी भाडा लिएमा कारवाहीका लागि सादा पोशाकमा पनि प्रहरी परिचालन गरि अनुगमनलाई तिव्रता दिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया