मानसिक रोग न्यूनीकरणको लागि लिखुमा समिति गठन

मानसिक रोग न्यूनीकरणको लागि लिखुमा समिति गठन


भिजन समाचार
1.4k
Shares

ओखलढुंगाको लिखुमा मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि समिति गठन गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मंगलबार पालिकामा भएको अन्तरक्रिया कार्यक्रम तथा बैठकबाट गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
समितिले पालिकामा मानसिक रोग न्यूनीकरणको लागि बिरामीहरुको पहिचान, उपचार र परामर्श लगायतको कामलाई अघि बढाईने स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताए । अन्तरक्रिया कार्यक्रमा गाउँपालिका अध्यक्ष कार्कीले मानसिक रोगका कारण आत्महत्या बढ्दो क्रममा रहेकाले त्यसको रोकथामका लागि समितिलाई प्रभावकारी रुपले कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए ।
‘मानसिक स्वास्थ्य सबै मानिसको आधारभूत मानव अधिकार हो ।’ भन्ने नारा सहित भएको कार्यक्रममा पालिकामा मानसिक रोगीको अवस्था, रोगका लक्षण र न्युनीकरणका उपायबारे टिपीओ नेपालकी मनोविमर्शकर्ता उर्मिला रन्जितकारले अभिमुखिकरण प्रदान गरकी थिइन् ।