बलात्कार आराेपमा पक्राउ परेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
स्थानिय एक २५ बर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा असोज ५ गते दिएको जाहेरीको आधारमा प्रहरीले धमलालाई असोज ९ गते मंगलबार पक्राउ गरेको थियो ।
हिरासतमा रहेका उनलाई शुक्रबार ओखलढुंगा जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन् ।
प्रतिक्रिया