मानेभञ्ज्याङ बजार अनुगमन, ३५ हजार बढीको अखाद्य सामाग्री फेला

मानेभञ्ज्याङ बजार अनुगमन, ३५ हजार बढीको अखाद्य सामाग्री फेला


भिजन समाचार
1.7k
Shares

ओखलढुंगाको मानेभन्ज्याङ बजार अनुगमन गर्दा ३५ हजार भन्दा बढीको उपभोग्य समय सकिएको सामाग्रि फेला पारिएको छ । जिल्ला प्रशासन कार्यालय, मानेभन्ज्याङ गाउँपालिका र सरोकारवाला निकायले सयुक्त बजार अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा ३५ हजार भन्दा बढीको उपभोग्य मिति सकिएको सामान फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतमले बताए । फेला परेका अखाद्य सामाग्री नष्ट गरिएको गौतमले जानकारी दिए ।
मानेभञ्ज्याङ बजारका किराना, होटल तथा खाद्यान्न लगायतका पसलहरुमा अनुगमन गरिएको थियो । चाडबाड नजिकिए सँगै बजार अनुगमनलाई प्रभावकारी बनाईएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।