नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी तथा नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय उपाध्यक्ष नविन राईले एक लाख ५० हजार बराबरको खेल पोसाक सहयोग गरेका छन् । ओखलढुंगाका विभिन्न छ वटा क्लब तथा संघ संस्था र खेलाडीलाई समाजसेवी राईले डेढ लाख बराबरको (खेल पोसाक) ज्याकेट र जर्सी सहयोग गरेका हुन् ।
![](https://i0.wp.com/visionsamachar.com/wp-content/uploads/2023/10/387572038_781361510467496_447214972836492975_n.jpg?resize=720%2C588&ssl=1)
सुनकोशी गाउँपालिका–१ बखलुको प्रतिभावान प्रगतिशिल युवा क्लबलाई ३० र सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको जलदेवी समाजसेवी युवा क्लबलाई १२ वटा ज्याकेट सहयोग गरेका छन् । यसका साथै शुभकन्या युवा समाज सिद्धिचरण नगरपालिका–३ लाई १२, चिशंखुगढी–४ फाकुलाई १२, चिशंखुगढी–१ कुईभिरलाई १२ र चिशंखुगढी गाउँपालिका–३ दियालेका १७ जना खेलाडीलाई जर्सी सहयोग गरेका छन् ।
![](https://i0.wp.com/visionsamachar.com/wp-content/uploads/2023/10/368789750_254498377087607_4078101955000226627_n.jpg?resize=720%2C636&ssl=1)
विजया दशमीको अवसरमा खेलकुदका प्रातियोगिता योजना गर्ने जिल्लाका विभिन्न क्लब र संघसंस्थाहरुको माग अनुसार एक लाख ५० हजार बराबरको खेल पोसाक सहयोग उपलब्ध गराएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी साथै नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय उपाध्यक्ष एवम् तरुणदल केन्द्रिय सदस्य नविन राईले बताए ।
ओखलढुंगा लगायत देशका विभिन्न जिल्लाहरुका युवाहरुले आयोजना गर्ने खेलकुदका प्रतियोगिताहरुमा आफुले खेल पोसाक सहयोग गर्ने गरेको युवा नेता राईको भनाई छ । चिशंखुगढी गाउँपालिका–८ माम्खा ओखलढुंगाका नविन राई युवा विद्यार्थी माझ काँग्रेसका लोकप्रिय नेता हुन् ।
![](https://i0.wp.com/visionsamachar.com/wp-content/uploads/2023/10/387524238_290776813728897_4850779925186258902_n.jpg?resize=720%2C563&ssl=1)
प्रतिक्रिया