सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै ओखलढुंगाका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । जिल्लाका आठ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरूले पेन डाउन गरेका छन् ।
शुक्रबार देखि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरी अनिश्चितकालिन रुपमा पेन डाउन गरिएको स्थानीय तह सङ्घर्ष समिति सिद्धिचरण नगरपालिका सचिव सुनिता निरौलाले बताईन् । संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको निरौलाको भनाई छ ।
स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकिकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने लगायतका माग राखेर देशभरका स्थानिय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् ।
कर्मचारी कल्याण कोषको व्यवस्था हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने, अन्तर प्रदेश सरुवा लागू गर्नु पर्ने लगायतका माग छ ।
प्रतिक्रिया