मोलुङ गाउँपालिकाको सबै भन्दा ठुलो व्यापारिक केन्द्र रामपुरमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र मोलुङ गाउँपालिकाले बजार अनुगमन गरेको हो ।
चाडपर्व लक्षित बजार अनुगमनका क्रममा १० हजार बराबरको म्यान गुजे्रको अखाद्य सामाग्री फेला पारिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतमले बताए ।
फेला पारिएका अखाद्य सामाग्रि मोलु्ङ गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडा, व्यवसायी, सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको गौतमको भनाई छ । किराना, होटल, खाद्यान्न तथा कपडा लगायतका पसलहरुमा अनुगमन गरिएको थियो ।
प्रतिक्रिया