व्याकुल माइला गोल्डकपको नवौं संस्करण आगामी कात्तिकमा हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटार दुधकोशी किनारको खेलमैदानमा कात्तिक ११ देखि १८ गतेसम्म खेल हुने भएको छ ।
आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षामान राईको अध्यक्षतामा बसेको बैठकले क्षमाराज राईको संयोजकत्वमा व्याकुल माइला गोल्डकप मूल समारोह समिति गठन भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले व्याकुल माइला गोल्डपकको नवौं संस्करण खेल सञ्चालनका लागि सात लाख बजेट विनियोजन गरेको उपाध्यक्ष आश्रचन राईले बताए ।
प्रतियोगितामा विजेतालाई नगद दुई लाख दुई हजार २२२, उपविजेतालाई एक लाख एक हजार १११ र सेमिफाइनलिस्टलाई २०÷२० हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदिप कुमार राई) को सम्मानका लागि जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारमा २०६८ सालदेखि प्रतियोगिता सञ्चालन हुदै आएको छ । कोरोनाका कारण केही वर्ष रोकिएको प्रतियोगिता यस वर्ष पुनः हुन लागेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया