ओखलढुंगाको मानेभञ्ज्याङ बजारका युवाहरु सरसफाईमा जुटेका छन् । स्वच्छ बजार क्षेत्र निर्माणका लागि युवाहरुले सरसफाई अभियानलाई प्रभावकारी बनाएका छन् । मानेभञ्ज्याङ गाउँपापालिका–५ को मानेभञ्ज्याङ युवा समूहमा आवद्ध युवाहरुले बजार क्षेत्रको सरसफाईलाई निरन्तरता दिएका छन् ।
बजार क्षेत्रको नकुहिने र नकुहिने फोहोर संकलन गरि व्यवस्थापन गर्ने गरिएको समूहका कोषाध्यक्ष नविन्द्र कुमार राना मगरले जानकारी दिए । युवाहरुको सरसफाई अभियानलाई साथ दिदै मानेभञ्ज्याङ गाउँपालिका–५ को वडा कार्यालयले बजार क्षेत्रको विभिन्न स्थानहरु ६५ वटा भन्दा बढी आधुनिक फोहोर फाल्ने डस्टबिन व्यवस्था गरेको छ ।
वातावरण स्वच्छ राख्नका लागि मानेभञ्ज्याङ युवा समूहमा आवद्ध युवाहरुले महिनामा दुई पटक अभियान नै सञ्चालन गरेर बजारको फोहोर संकलन गरि व्यवस्थापन गर्ने गरेका छन् । समूहमा एक सय बढी सदस्यहरु रहेको कोषाध्यक्ष रानामगरले बताए । समूहले सचेतनामुलक सामाजिक कार्य सँगै समय समयमा खेलकुदका विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिरहेको समूहकी उपाध्यक्ष तारा श्रेष्ठले बताईन् ।
प्रतिक्रिया