भुलभुले खानेपानी आयोजना मार्फत २३६ घरधुरी लाभान्वित हुने

भुलभुले खानेपानी आयोजना मार्फत २३६ घरधुरी लाभान्वित हुने



ओखलढुंगा । एक करोड ४५ लाख लगानीमा भुलभुले खानेपानी आयोजनाको काम सुरु भएको छ । जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं.३ र ५ का २३६ घरधुरी लाभान्वित हुने गरि खानेपानी आयोजनाको काम थालिएको हो ।
गडि भुलभुले खानेपानी आयोजना मोलुङ ३ र ५, नेपाल रेडक्रस सोसाइटीको वास परियोजना र मोलुङ गाउपालिकाको सह–लगानीमा आयोजना संचालन गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । रेडक्रसको वास परियोजनासँगको साझेदारीमा गाउँपालिकाको लागत साझेदारीमा एक घर एक धारा कार्यक्रम अन्तर्गत यो परियोजनाको काम सुरु गरिएको अध्यक्ष राईको भनाई छ ।
आयोजना सम्पन्न गर्न एक करोड ४५ लाख ५१ हजार १७७ रुपैयाँ पाँच पैसा कुल लागत लाग्ने छ । जसमा रेडक्रस वास परियोजनाको ८२ लाख ९७ हजार ९४६ रुपैया ५७ पैसा, मोलुङ गाउपालिकाबाट सह–लगानी ४० लाख ३० हजार ४३८ रुपैयाँ ८० पैसा र जनश्रमदान २२ लाख २२ हजार ७९१ रुपैया ६९ पैसा हुन आउने गाउँपालिकाले जनाएको छ ।
आयोजनाको सञ्चालन र सम्पन्न गर्नका फणिन्द्र प्रसाद फुयलको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन भएको द्धछ ।