जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा, तिलगंगा आँखा प्रतिष्ठन गौशाला काठमाण्डौ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको आयोजनामा जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन भइरहेको छ । जसअन्तर्गत शेर्नामा सञ्चालन भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा १५५ जनाले सेवा लिएका छन् ।
आँखा स्वास्थ्य परिक्षण गर्दा आठ जनामा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने र २२ जना चस्मा प्रयोग गर्नु पर्ने फेला परेको जिल्ला सामुदायिक आँखा केन्द्रकी इन्चार्ज टिका राईले जानकारी दिइन् । अन्यलाई आँखा स्वाथ्य जाँच, उपचार र परामर्श सेवा तथा औषधि वितरण गरिएको उनको भनाई छ ।
असोज ५ गते देखि जिल्लाको मोलुङ, मानेभन्ज्याङ, सुनकोशी, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका विभिन्न वडा तथा स्वाथ्य चौकीहरुमा निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा स्वास्थ्य परिक्षण शिविर सञ्चालन भइरहेको छ । शिविर २४ गते सम्म सञ्चालन हुने केन्द्रले जनाएको छ ।
यसअघि मोलुङ गाउापालिका–७ तालकोट पात्लेमा १९३ जना, मोलुङ–४ हर्कपुरमा १९२ जना, चिशंखुगढढी गाउँपालिका–१ कुइभिरमा १८३ जना र मानेभन्ज्याङ गाउँपालिका–६ थाक्लेमा ७० जनाको आँखा परिक्षण गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया