कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित


भिजन समाचार
13.9k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित भएका छन् । भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा तामाङ नेपाल बाट उक्त अवार्डका लागि छनोट भएका थिए ।
सेप्टेम्बर २७ का दिन लन्डनमा भएको ‘ग्लोबल पिस समिट’ मार्फत अध्यक्ष तामाङले अवार्ड ग्रहण गरेका छन् । कोरोना महामारीको समयमा तामाङले नेपालमा पु¥याएको योगदानको मुल्याङ्कन गर्दै उनलाई अवार्ड बाट सम्मानित गरिएकाे हाे ।
सुनकोशी गाउँपालिका अध्यक्ष तमाङले कानुन अनुसार आफुले पाउने सम्पुर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासका लागि वितरण गर्ने गरेका छन् । स्थानिय तहकाे निर्वाचनमा तामाङ नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । उनि नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंगाकाे उप समेत सभापती हुन् ।